आक्रामक प्रचारमा ‘गाजलु’

फिल्मी खबर ९ काठमाडौँ, अनमोल केसी, नेपाली फिल्मलाई नजिकबाट चिन्नेहरुको लागी नामै काफी छ । कम फिल्म गर्दैगर्दा पनि नामलाई ब्राण्ड बनाईसकेका यी युवा स्टार पछिल्लो समय नेपाली फिल्म उद्योगमा स्टारडम बिक्ने अभिनेतामा पहिलो नम्बरमा पर्छन् । अनमोलले अभिनय गरेको पछिल्लो फिल्म ‘गाजलु’ यहि जेठ २८ मा रिलिज हुँदैछ । रिलिजको दिन नजिकिँदै गर्दा निर्माण युनिट प्रचार प्रसारलाई आक्रामक बनाउँदै अघि बढेको छ । सामाजिक सञ्जाल ‘क्याम्पियन’ देखी मिडियासम्म, फिल्म हलदेखि व्यापारिक घरानासम्म धेरै क्षेत्र अहिले ‘गाजलु’मय बनिरहेको छ । ‘पैसा खर्च गरेर हुनेदेखि र प्रचारका विभिन्न तरिकाहरु अपनाउनेसम्म कुनै पनि रणनीति बाँकी राखेका छैनौं, निर्माता रोहित अधिकारीले भने, सोमबारबाट फिल्म प्रचारको नयाँ प्रयोगसहितको ‘कन्टेस्ट’ गर्दैछौं, यो सबै कुरा प्रभावकारी हुने आशा छ।’फिल्म उत्कृष्ट बनेकोले हलमा रहुन्जेल दर्शकलाई पुर्णतः न्याय गर्ने दाबी गरेका रोहितले दर्शकलाई झुक्याउने खालका ‘कन्ट्रोभर्सी’को पक्षमा भने आफुहरु नरहेको बोले । हेमराज बिसी निर्देशित फिल्मबाट पुर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । त्यसो र अनमोल र श्रृष्टि जोडिएकै कारण पनि फिल्मले एक प्रकारको हाईप पाईसकेको छ । यी दुई स्टारसँगै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, गौरी मल्ल लगायत ‘गाजलु’मा अभिनयमा छन् । त्यसो त गौरव र सलोन पनि पछिल्लो पुस्ताका लोकप्रिय कलाकारमा गनिन्छन् ।
तपाइँको प्रतिक्रिया