आगामी निर्वाचनबाट रास्वपाले एकल बहुमत ल्याउने रविको दाबी

बैशाख ०६, काठमाण्डौं
आगामी निर्वाचनबाट आफ्नो पार्टीले एकल बहुमत ल्याउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाबी गरेका छन् । काभ्रेमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचार र कालोबजारीको जालो तोड्नुपर्ने भएकाले एकल सरकार चलाउने गरी बहुमत ल्याउनुपर्ने बताए । २०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउन रास्वपाले काम गरिरहेको उनले बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला दलका शीर्ष नेताहरूकै नाम मुछिएपछि जोगाउन लागिपरेको आरोप समेत उनको थियो । कयौँ भ्रष्टाचारको फाइलको धुलो टकटक्याउन रास्वपालाई जनताको साथ चाहिएको र आगामी चुनावमा एक पटक मौका दिन समेत आग्रह गरे ।
तपाइँको प्रतिक्रिया