आजदेखि दशैंमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं, असोज १
आजदेखि दशैंमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
दशैंको बेला देशका विभिन्न ठाउँबाट काठमाण्डौं मानिसहरु एकै पटक गाउँ फर्किने हुँदा अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।
नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रीम टिकट बुकिङ सुरु गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्य स्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताइएको छ ।
तपाइँको प्रतिक्रिया