आजदेखि विजया दशमी सुरु , घरघरमा घटस्थापना गरिदै

नेपालीको महान् चाड बडादसैं आजदेखि सुरु भएको छ । पहिलो दिन आज दुर्गा भवानीको प्रतीकका रूपमा घरघरमा घटस्थापना गरिएको छ । आश्विन शुक्ल प्रतिपदामा नजिकको तीर्थबाट ल्याइएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, आँप, डुम्री र पाख्रीको पात) राखी जौं र मकै छरेर घटस्थापना गरिन्छ । नेपाल पञ्चांग निर्णायक समितिले यसपटक घटस्थापना र नवरात्रि आरम्भको शुभसाइत मंगलबार बिहान ११२५ बजे निकालेको थियो । यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन नवरात्रका रूपमा बिहान सबेरै एकरएक तीर्थमा स्नानका साथै एकरएक शक्तिपीठमा पूजा आराधना गरी नजिकको शिवलिंगमा अघ्र्य दिने गरिन्छ ।
तपाइँको प्रतिक्रिया