आजदेखी दीपकराज र दीपाश्रीको छक्का पञ्जा ४ र अनमोल केसी अभिनित फिल्म छड्के २ देशभर प्रदर्शनमा

काठमाडौँ, फागुन १९
आज शुक्रबार देखी २ वटा ब्राण्ड भ्यालु भएका नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा ४ र अनमोल केसी अभिनित फिल्म छड्के २ आजबाट देशभर प्रदर्शनमा आएका हुन् । यि दुबै सिक्ववेल मुभी हुन् । यसभन्दा अघिका सिक्ववेल हिट भएका मुभिमा पर्दछन् यि दुई मुभिहरु ।
छक्का पञ्जा–४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । यस फिल्मलाई हेमराज विसीले निर्देशन गरेका छन् ।
दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ ।
उता, निर्भान फिल्म स्कुलको छडके–२ को मुख्य कलाकारमा अनमोल केसी छन् । चकलेटी हिरोको छवी बनाएका अनमोल छडके–२ बाट ग्यांगस्टार मुहारमा देखिदैछन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।
तपाइँको प्रतिक्रिया