आजबाट पुन नवलपरासी बन्द

पुरुषोत्तम सुबेदी ,परासी , १० कार्तिक । मधेशी मोर्चाले पुन आजबाट नवलपरासी बन्दको आबहा्न गरेपछि बन्दको प्रभाब सदरमुकाम परासी सहित दक्षिणी क्षेत्रमा बिहानै देखी परेको छ । बन्दका कारण जिल्लाको सदरमुकाम परासी सहित मुख्य बजारहरु बेलाटारी,जमुनिया,महेशपुर सहित अधिकांश दक्षिण क्षेत्रमा बजार उद्योग ब्यापार, बैक तथा बित्तिय संस्था र यातायात बन्द छन् । सुनवलबाट परासी छुट्ने र सदरमुकाम परासीबाट छुट्ने कुनै पनि सवारी साधन छेका छैनन् । पाल्ही यातायात ब्यवसायी समितीका करिब २ सय सार्बजनिक सवारी साधन चल्न नसकेका हुन् । मोर्चाले बन्दमा एम्बुलेन्स, किसानका टेक्टर र बिद्यालय संचालन गर्न छुट् दिएपनि बजार उद्योग ब्यवसाय बैक बित्तिय संस्था र यातायात बन्द गराएको जनाएको छ । यद्यपी बन्दको प्रभाब राजमार्ग क्षेत्र भने परेको छैन् । एक साताकालागि दशैलाई लक्षित गरी बन्दलाई केही खुकुरा पारेको मोर्चाले दशै सकिएको भन्दै पुन आजबाट बन्दलाई निरन्तरता दिएको हो । जारी संबिधान प्रति असहमती जनाएको मोर्चाले बन्द गराएदै आएको छ ।
तपाइँको प्रतिक्रिया