आजबाट प्रेस युनियन २५ औं वर्षमा प्रवेश

विवेक भण्डारी
नवलपरासी जेठ,१३,लोकतान्त्रिक पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियन विहीबार देखि २५ औं वर्षमा प्रवेश गरेका उपलक्षमा प्रेस युनियन नवलपरासीले कावासोती १६ मा रहेको मध्यविन्दु सामुदायिक हस्पीटलमा वृक्ष रोपण गरि आफ्नो २५ औ वार्षिक उत्सव मनाएको छ । प्रेस युनियन शाखा नवलपरासीका अध्यक्ष श्रीराम सिग्देल अध्यक्षतामा गरिएको बृक्ष रोपण कार्यक्रममा प्रेस युनियन नवलपरासी शाखाका सदस्य तथा अन्य बुद्धि जिविहरुको उपस्थीति रहेको थियो । नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेसागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने मुल नारासहित देशैभर विभिन्न कार्यक्रमहरु भएको थियो ।
तपाइँको प्रतिक्रिया