आजबाट बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने:सभामुख नेम्वाङ्
राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन हुन नसकेकाले आजबाट बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने बताउनुभएको छ । राष्ट्रिय स्वाधिनताका बिषयमा शुक्रबार सिंहदरबारमा बिभिन्न बिद्यार्थी संगठनहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै सभामुख नेम्वाङले नयाँ संविधानमा भएको व्यवस्थाबमोजिम सहमतिका प्रधानमन्त्रीका लागि राष्ट्रपतिले दिनुभएको सात दिनको समय सकिएको र अवधि थपिने व्यवस्था नभएकाले संविधान, नियम र स्थापित अभ्यास अनुसार संसद्को बैठकले प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने बताउनुभयो । सम्भवतः आउँदो आइतबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने गरी निर्वाचनका कार्यक्रम आउने जानकारी दिनुभयो । उहाले अहिले मुलुक अप्ठेरो परेको अबस्थाम सबै दलहरु एक भई राष्ट्रिय स्वाधिनताका बिषयमा एक हुनुपर्ने समेत धारणा राख्नुभयो । उहाँले संविधान जारी भएपछिको अवस्थामा सबै दल र जातजाति सुमधुर एकताका साथ अघि बढेर सकेसम्म सहमतिको सरकार बन्न सकेमा राम्रो हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
तपाइँको प्रतिक्रिया