आज कहाँ कहाँ भारी वर्षा हुँदैछ ? मौसम पुर्वानुमान महाशाखा के भन्छ ?

भाद्र ३१, शुक्रबार
आज दिउँसो देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राती भने देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ ।
लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भू–भागका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया