आज कोजाग्रत पूर्णीमा, महालक्ष्मीको पूजा गरिदै

आजदेखि हिन्दुहरुको महान चाड बडादशैं सकिदै । असोज शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं कोजाग्रत पूर्णीमाको दिन आज साँझ घरघरमा महालक्ष्मीको पूजा आराधना गरी विसर्जन गर्ने गरीन्छ। सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मकि विश्वास रहिआएको छ। यही विश्वासका कारण आज राति गृहिणीहरुले जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्ने परम्परा छ। दसैंको टीका कोजाग्रत पूर्णमिादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैं घर र कोतहरुमा राखिएका जमरा आज विसर्जन गरिन्छ। आज दिनभरि नै पूर्णमिा तिथि रहेकाले कोजाग्रत पूर्णमिाको व्रत लिने र आजदेखि आकाशदीप बाल्ने प्रचलन रहेको छ। दसैँ र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ । सोमबार राति ८ बजेर १३ मिनेटसम्म चतुर्दशी तदुपरान्त पूर्णिमा लागे पनि पूर्णिमा व्रत भने मध्यरात मंगबार प्रातःकाल बस्नुपर्ने र सोमबार मध्यराति नै कोजाग्रत मनाउनुपर्ने पञ्चाङ्गमा उल्लेख छ । आकाशदीप दान र कात्तिक स्नान पनि असोज १० गते मंगलबारदेखि सुरु हुनेछ ।
तपाइँको प्रतिक्रिया