आज गोबर्द्धन तथा म्हः पूजा

कार्तिक १५,
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । यसै अवसरमा नवलपरासीको कावासोती नगरपालीकाको खुल्ला मैदानमा रा.प्र.पा नेपालको आयोजनामा गोवर्धन तथा गाई पुजा विशेष कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा अधिकाशं बक्ताले यस पुजाको धार्मिक महत्वका बारेमा सम्पुर्णलाई जानकारी समेत गराउनुभयो । रा.प्र. पा नेपालका क्षेत्रिय सदस्य रेशमलाल बस्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वामी एक सय आठ सचितानन्द पुरी माहाराजको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै रा.प्र .पा. नेपालका केन्द्रिय सदस्य क्षत्रराज वगाले एवम् रेडक्रस सोसाइटी उपशाखा कावासोतीका उपाध्यक्ष योगप्रसाद रिजालको विशेष अतिथ्यता रहेको थियो । भने घोसारघाट निर्माण समितीका अध्यक्ष विर बहादुर कार्कि, रा.प्र.पा नेपालका जिल्ला अध्यक्ष लोकनाथ लामिछाने लगायत विभीन्न सघं सस्थाका प्रतिनीधि तथा सञ्चारकर्मिको समेत आतिथ्यता रहेको थियो । सो कार्यक्रममा ५० भन्दा बढि व्यत्तित्वहरुको उपस्थिती रहेको थियो । आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो म्हः (आत्म) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहिआएको छ । आत्मालाई सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।,,,,
तपाइँको प्रतिक्रिया