आज तिहारको तेश्रो दिन लक्ष्मीपुजा घरघरमा गरिदै

आज तिहरको तेश्रो दिन लक्ष्मीपुजा गरिदैछ ।आजै गाई तिहार पनि भएकोले घरघरमा लक्ष्मीको प्रतीक मानिने गाईको पूजा गरिदैछ । गाईको गोबर र गहुँतलाई धार्मिक हिसाबले पनि पवित्र मानिन्छ । जनै पूर्णिमामा लगाएको डोरो आजको दिन गाईको पुच्छरमा बाँधे सजिलै बैतरिणी नदि तर्न सकिने विश्वास पनि छ । शहरमा गाई पाल्नेहरु निकै कम भएकाले मनिसहरु गाईको गोठ खोजी खोजी पूजा गर्छन् । आजै गाईको गोबरले घर लिपपोत गरी धनधान्यकी देवी लक्ष्मीको पूजा आरधना गरी श्रद्धा र भक्तिपूर्वक घरघरमा लक्ष्मी भित्र्याईने गरीन्छ । आज लक्ष्मीको प्रतिक गाईको पूजा गरे घरमा लक्ष्मी भित्रीने र धन सम्पत्तीको कहिल्यै दुखः नहुने बिश्वास छ ।
तपाइँको प्रतिक्रिया