दोस्रो मध्यविन्दु महोत्सव शुरु, नवलपुर अर्थतन्त्रको केन्द्र भएको संघिय सांसद महतको भनाई ।

नवलपुर, १९ पुष ।
नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० अरुणखोलामा आज देखि दोस्रो मध्यविन्दु महोत्सव–२०७८ शुरु भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवको आज संघिय सांसद तिलक महतले समुद्घाटन गर्नु भएको हो ।महोत्सवको उद्घाटन गर्दै संघिय सांसद महतले यस क्षेत्रको सामाजिक तथा सांस्कृतिक पहिचान स्थापित गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । मध्यविन्दु नगरपालिका भित्र बसोबास गर्ने थारु, कुमाल, मगर, गुरुङ्ग सहित विभिन्न जातजातिको पहिचान, कला, संस्कृति र भेषभुषाको यस महोत्सवबाट प्रचारप्रसार र प्रवद्र्धन हुने भन्दै उहाँले यो अवसर सृजना गरेकोमा आयोजकलाई धन्यवाद प्रकट गर्नुभयो ।
नवलपुर जिल्ला कृषि, पर्यटन र अर्थतन्त्रको केन्द्र भएको भन्दै सांसद महतले समृद्ध नवलपुर निर्माणको अभियानले सार्थकता पाउने क्रममा रहेको बताउनुभयो । गण्डकी प्रदेशको कृषि भण्डारको रुपमा रहेको नवलपुर, कास्की पछि सबै भन्दा बढी पर्यटकीय सम्भावना भएको जिल्ला भएको उहाँले बताउनुभयो । तिन तर्फबाट नदीले घेरिएको नवलपुर जिल्ला धार्मिक, सांस्कृतिक र पार्यावरणीय पर्यटनको लागि प्रचुर सम्भावना युक्त जिल्ला भएको महतले बताउनुभयो । यहाँ रहेका धार्मिक स्थल, जातिय तथा भाषिक विभिदता, एतिहासिक महत्वका क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्रको कारण सौराह र पोखराको बिकल्पको रुपमा नवलपुर स्थापित हुने चरणमा रहेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशका अन्य १० जिल्ला संकलन हुने कुल आन्तरिक राजश्व भन्दा नवलपुर जिल्लामा संकलन हुने राजश्व बढी रहेको भन्दै उहाँले नवलपुर औद्योगिक क्षेत्रको रुपमा रहेको बताउनुभयो । नेपालका ठुला उद्योगहरु नवलपुरमा सञ्चालनमा रहेको र केही खुल्ने क्रममा रहेको भन्दै उहाँले धौवादीको फलाम खानीको उत्खनन् पस्चात जिल्लामा हुने बिकास निर्माण महत्वपूर्ण हुने उहाँले बताउनुभयो । दुम्कीबास त्रिवेणी सडक खण्ड सञ्चालनमा आउदाको अवस्थामा जिल्लामा ठुला उद्योगहरु सञ्चालनको लागि अझ बढी सम्भावना बढ्ने उहाँले बताउनुभयो ।कार्यक्रममा बिशिष्ठ अतिथि गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले मध्यविन्दु महोत्सवले यहाँको कला, संस्कृति र व्यपारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै धन्यवाद प्रकट गर्नुभयो । उहाँले महोत्सवको माध्यमबाट कोभिड–१९ को कारण प्रभावित बनेको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कला र संस्कृतिको संरक्षण, कृषि पर्यटन उद्योग व्यापार प्रवद्र्धनका लागि मध्यविन्दु महोत्सव भन्ने नारा सहित आज देखि शुरु भएको महोत्सव पुस २८ गते सम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन समारोहमा बोल्दै मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुलीले यस क्षेत्रको स्थानीय कला र संस्कृतिको संरक्षण सहित कृषि पर्यटन उद्योग र व्यापार पवद्र्धनमा महोत्सव केन्द्रीत हुने बताउनुभयो ।पछिल्लो बिकास क्रम संगै बाह्य सामाग्रीको उपभोगमा भएको बृद्धिले राष्ट्रको अर्थतन्त्रमा नकरात्मक असर परेको भन्दै स्थानीय उत्पादनको प्रयोग र त्यसको प्रवद्र्धनमा सबै एकजुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो । महोत्सवको उद्घाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मी सुनार, पूर्व सांसद चन्द्रमणी खराल सहितको आतिथ्यता रहेको थियो ।पुस २८ गते सम्म सञ्चालन हुने महोत्सवमा करिव १ लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको संघका कोषाध्यक्ष देवलाल काफ्लेले बताउनुभयो । महोत्सवमा विभिन्न स्टलहरु संगै दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवबाट युवा उद्यमशिल बनाउने अभियानको थालनीका साथसाथै संस्थागत विकास भई बेरोजगार युवाहरु स्वरोजगार बन्ने अवसरको थालनी हुने, लोपोन्मुख मौलिक कला र संस्कृतिको व्यवसायिक तथा संस्थागत विकास भई संरक्षणमा टेवा पुग्ने, सांस्कृतिक पर्यटन विकासको नयाँ अभ्यास थालनी हुनुको साथै मौलिक कला र संस्कृतिको बारेमा जानकारी हुने अपेक्षा रहेको संघका महासचिव चेतन पौडेलले बताउनुभयो ।महोत्सवको आकर्षणको रुपमा नेपालको मध्य भागमा रहेको मध्यविन्दु स्तम्भ, दोस्रो मध्यविन्दु डान्स आइडल २०७८ को विशेष प्रस्तुती, स्थानीय रुपमा उत्पादित कृषि उपजहरुको प्रदर्शनी, स्थानीय राष्ट्रिय एवम् अन्तराष्ट्रिय उत्पादित बस्तु तथा सेवाको प्रदर्शनी, आदिवासी जनजाती एवं विभिन्न जातिगत मौलिक झाँक्री, कला, संस्कृति भेषभुषा आदिको प्रदर्शनी, मनोरञ्जनका लागि बाल उद्यान, दुग्धजन्य पदार्थ÷प्रविधिको प्रदर्शनी तथा हस्तकला प्रदर्शन, विभिन्न जनजातिका मौलिक खाना तथा अन्य परिकारहरु र स्वदेशमा उत्पादित आधुनिक खानाका परिकारहरको सँगालो खाना महोत्सव हुने आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया