आज प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस गर्ने तयारी

काठमाडौं, भाद्र ७
सरकारले प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पेश गर्दैछ ।
प्रतिनिधि सभा बैठक आज बिहान १० बजे बस्दैछ । आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसदमा प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (कोइराला) ले सो विधेयक प्रस्तुत गर्नेछन् ।
सरकारले संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित बिधेयक फास्ट ट्र्याकबाट पारित गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गर्ने भएको छ ।
सरकारले प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पेश गर्दैछ । संक्रमणकालीन न्याय निरुपण गर्नका लागि कानून मन्त्री गोविन्द बन्दीले आफ्नो कार्यकाल रहदै यसलाई सबैको सहमतिमा टुंगोमा पुर्याउने बताएका थिए ।
यसैगरी बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
संसद सदस्य नभएका कारण बन्दीको ६ महिने कार्यकाल एक महिनामै सकिदैछ । आजै प्रस्तुत हुन लागेको बिधेयक एमाले र द्धन्द्ध पीडितलाई स्वीकार्य नभएको भन्दै प्रमुख विपक्षी नेता केपी शर्मा ओलीले त्यस्ता विधेयक च्यातेर फाल्ने चेतावनी दिएका छन् ।
उनले केही व्यक्तिलाई उन्मुक्ति दिने र केही व्यक्ति हिरो बन्ने खेलमा पीडितलाई अन्याय गर्न लागिएको तथा कसैसँग सल्लाह नभएको भन्दै विधेयक अघि बढाए एमालेबाट अवरोध हुने संकेत गरेका छन् ।
विधेयकमाथि द्वन्द्वपीडित सेना प्रहरीका परिवार तथा अन्य सरोकारवालाले पनि विरोध जनाएका छन् । उनीहरु निरन्तर आन्दोलनमा छन् ।
तपाइँको प्रतिक्रिया