आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

१४ चैत, काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको उक्त बैठक अब चैत १६ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ । यसअघि चैत १४ गते मंगलबार विहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने भनिएकोमा बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । यो बैठकबाट कांग्रेसले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नाम टुंगो लगाउने बताईएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको छ । सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न भने बाँकी भएकाले खड्काले कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्न बाँकी रहेको छ । मन्त्रालय बाँडफाँटमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सत्ता गठबन्धनमा रहेका १० दलको संयुक्त बैठक बोलाएका छन् ।
तपाइँको प्रतिक्रिया