आज बाघ दिवस, मानब र बन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ

साउन १३
आज बाघ दिवस । बाघको पछिल्लो संख्या पनि सार्वजनिक भएको छ । सन् २०१० को तुलनामा सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने सरकारी योजना थियो । आज नयाँ तथ्यांक सार्वजनिक हुँदा बाघको संख्या ३५५ पुगेको छ । नेपालले लिएको लक्ष्य २५० नाघेको छ । यो त भयो बाघको कुरा । अब कुरा गरौं मानिसको, बन्यजन्तुको संरक्षण सँगसँगै मानब र बन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न पनि सम्बन्धित निकायहरुको ध्यान जान जरुरी छ । होईन भने बन्यजन्तुको अगाडी मान्छेको मुल्य नहुने अवस्था आउन सक्छ । आफू बाँच र बचाउँ भन्ने मुल मर्म नै छाडेर कसैले पनि अरुको संरक्षण निरन्तर गरिरहन सक्दैन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणमा गत वर्ष २४ जनाको मृत्यु भयो । त्यसमध्ये १६ जनाको मृत्यु बाघको आक्रमणबाट भएको थियो । ती सबै घाँस काट्न जंगल गएकाहरू थिए । वन जानु उनीहरुको बाध्यता थियो । बाध्यतामा परेर ज्यान गुमाएको परिवारलाई सरकारले हेर्नुपर्छ । नभए वन संरक्षण, वन्यजन्तुको हित, पर्यटन विकासका कुरा र नाराले मात्रै संरक्षण कार्य दिगो हुँदैन ।
तपाइँको प्रतिक्रिया