आज बिहीबार प्रतिनिधिसभाले नयाँ सभामुख पाउने, को बन्ला त सभामुख ?

माघ ५, काठमाडौं ।
आज बिहीबार प्रतिनिधिसभाले नयाँ सभामुख पाउने कार्यतालिका रहेको छ जसअनुरुप सभामुख चयनका लागि बिहीबार आजै प्रतिनिधिसभामा मतदान हुँदैछ ।
गठबन्धनबाट एमालेका देवराज घिमिरेमा बिरुद्ध विपक्षी दल कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई उभ्याएको छ । यि दुबै उम्मेदवारले सभामुखमा आफ्नो उम्मेदवारी दर्ता गराईसकेका छन् ।
घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् ।
न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन् ।
घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्।
२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ । जुन सत्ता गठबन्धनसँग छ ।
तपाइँको प्रतिक्रिया