आज भएको भेटवार्तामा प्रधानमन्त्री देउवासँग एमाले अध्यक्ष ओलीले राखेका चार वटा विषय

भाद्र ८, काठमाण्डौं
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार गएका थिए ।
भेटमा प्रधानमन्त्री देउवासँग एमाले अध्यक्ष ओलीले चार वटा विषयमा कुरा राखेका छन् ।
१. आगामी निर्वाचनबारे
सरकारले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दा सरकारले आफूहरूसँग परामर्श नगरेको एमालेको आरोप छ ।
निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।
२. शान्ति प्रक्रियाबारे
भेटमा ओलीले शान्ति प्रक्रियाबारे बारे पनि कुरा उठाएका छन् ।
शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् र त्यसका लागि प्रतिपक्षसँग पनि सरसल्लाह गरोस भन्ने कुरा पनि ओलीले प्रधानमन्त्री देउवासँग राखेका छन् ।
हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि पेश सरकारले प्रतिनिधि सभामा पेश गरेको थियो ।
३. नागरिकता विधेयक बारे
राष्ट्रपतिले फिर्ता गरेपछि फेरि संसदमा पुगेको नागरिकता विधेयकबारे पनि प्रधानमन्त्री देउवासँग एमाले अध्यक्ष ओलीले कुरा राखेका छन् ।
सरकारले दुबै सदनबाट नागरिकता विधेयक पारित गरी सभामुखमार्फत् प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो ।
तर राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक पुनः संसदै फिर्ता पठाएकी थिइन् । सरकारले हुबहु फेरि नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित गरेको छ ।
३. मूल्यवृद्धि
प्रधानमन्त्री देउवासँग एमाले अध्यक्ष ओलीले राखेको अर्को विषय हो, मूल्यवृद्धि ।
दैनिक अत्यावश्यक बस्तुहरुमा पनि मूल्यवृद्धि भए पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेको आरोप ओलीको लगाएका छन् ।
एमाले अध्यक्ष ओलीले मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
एमाले अध्यक्ष ओलीले राखेका विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिएको र यी सबै कुरा म पाँच दलीय गठबन्धन बैठकमा पनि राख्ने भेटवार्तामा सहभागी कांग्रेस नेतासमेत रहेका सञ्चार मन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुने भएकोले यसमा चिन्ता नगर्न प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो ।
तपाइँको प्रतिक्रिया