आज भानुजयन्ती मनाईंदै

२९ असार ।
आज २०३औं भानुजयन्ती मनाइदै । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उहाँको सम्झनामा प्रभातफेरी र र्यालीको आयोजना गरिनेछ । नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया