आज मङ्गलवार तराई–मधेश क्षेत्रमा होली मनाइँदै

२३ फागुन, काठमाडौं
आज मङ्गलवार तराई–मधेश क्षेत्रमा होली मनाइँदै छ । मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व धुमधामका साथ मनाईदैछ ।
पुराणहरूका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा परम्परागत रूपमा होली मनाउँदै आइएको छ । द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पूतना मारिएको खुसीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहँदै आएको छ।
तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफन्तहरु मिलेर रंगहरु दलेर एक आपसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ ।
होलीका अवसरमा आज मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
तपाइँको प्रतिक्रिया