आज माघी औशी,तीर्थस्थलमा बिहानैदेखि तीर्थालु भक्तजनको घुइँचो
बिबेक भण्डारी माघ २५,आज माघे औँसी । एकाविहानैदेखि देवघाटधाम नवलपरासीका त्रिवेणी धामलगायत चर्चित तीर्थस्थलमा बिहानैदेखि तीर्थालु भक्तजनको घुइँचो लागेको छ । आज विहानैदेखि देवघाट,नवलपरासीको त्रिवेणी धामसहित मुलुकका विभिन्न तिर्थस्थल तथा नारायणी नदी आसपासका क्षेत्रमा स्नान साथै पूजाआजा गर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
माघे औंसीका दिन धार्मिक तीर्थस्थलमा गई स्नानका र पूजाआजा गरे पारिवारिक सुख समृद्धि मिल्ने धार्मिक विश्वास छ । त्रिवेणी धाममा लुम्बिनी अञ्चलका विभिन्न जिल्ला, चितवनसहित आसपासका जिल्ला र छिमेकी भारतीय क्षेत्रका हजारौँ तीर्थालुको उल्लेख्य सहभागिता रहेको छ ।
तपाइँको प्रतिक्रिया