आज राष्ट्रिय गैंडा दिवस मनाईंदै,चितवनमा बिहानैदेखि विभिन्न कार्यक्रम

चितवन,
असोज ५-
चितवन राष्ट्रिय निकुञ्जलाई गैंडा संरक्षणमा सफलता मिलेको छ । वासस्थान सुधार,आहार व्यवस्थापन र चोरी शिकार कम भएपछि गैंडा संरक्षणमा निकुञ्जलाई सफलता मिलेको हो । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको शिकार गर्ने गिरोहका नाईके भटाभट पक्राउ परेपछि पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने क्रम रोकिएको हो । निकुञ्जले सन २०१४ मा चोरी शिकारीबाट एउटा पनि गैंडा नमारिएपछि त्यो बर्षलाई शुन्य चोरी शिकार बर्षको रुपमा मनाएको थियो । आज देशभरका संरक्षित क्षेत्रमा पाँचौं गौडा दिवस तथा विश्व भर छैठौं गैडा दिवस मनाईदैछ ।
सन् २०१५ सूरु भएपछि पनि चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैंडा नमारिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताउनुभयो । सन् २०१४ को गैंडा गणनामा चितवन निकुञ्जमा ६०५ वटा गैंण भेटिएका थिए । सन् २०११ मा ५०३ रहेको चितवन निकुञ्जमा चार वर्षपछि गैंडा बढेर ६०५ पुगेको छ ।
दिवसकै अबसरमा आज विहान चितवन राष्ट्रिय निकुञ्ज,मृगकुञ्ज उपभोक्ता समिति,लायन्स क्वल अफ राईनो सिटिको आयोजना र विभिन्न समुदायिक वनको सहयोगमा म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको वर्ड एजुकेशन सोसाईटी सौराहाका निर्वतमान अध्यक्ष बासु विडारीले जानकारी दिनुभयो ।सिआइएन
तपाइँको प्रतिक्रिया