आज र भोली राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीे पेस गर्दै

असोज २, काठमाडौं
आज असोज २ र भोली ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीे राजनीतिक दलहरूले पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको रहेको छ ।
आगामी मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ ।
दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन् तर टुङ्गो भने लगाईसकेका छैनन् ।
दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० उम्मेदवार चयन गर्दैछन् ।
मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० समानुपातिक कोटाबाट आउँछन् ।
बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ ।
जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला हुनुपर्छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम २३ असोजदेखि सुरु हुनेछ ।
तपाइँको प्रतिक्रिया