आज विश्व एचआईभी एड्स दिवस, नवलपरासीमा पनि बिभिन्न कार्यक्रम गरि मनाइदै

नवलपरासीमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व एचआईभी दिवस मनाईदै छ । नवलपरासी को गोपिगंज, जिल्ला श्वास्थ्य कार्यालय नवलपरासी , लुम्बिनी प्लस, सहभागी गैडाकोट , युथ भिजन परासी , सुनवल सामुदायीक बिकाश केन्द्र, एफ.पान, निलहीरा समाज लगाएतका स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ सस्थाले चेतना मुलक काम गरी यो दिवश मनाउदै छन । जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाहरु एचआईभी रोकथामको क्षेत्रमा काम गरेका भएपनि एचआईभी संक्रमित घटेको एकिन गर्न नसकिने रोकथामको क्षेत्रमा लाग्नेहरु बताउछन । गत आर्थिक वर्षमा नवलपरासीमा थप ५४ जना नयाँ संक्रमित फेला परेको जिल्ला जना स्वास्थ्य निरिक्षक रामचन्द्र पौडेलले जानकारी दिनुभयो । नवलपरासीमा करिव ५५० जना एचआईभी संक्रमित को पहिचान खुलेको छ । उनीहरुले विभिन्न ठाउबाट उपचार लिईरहेका छन् । गत बर्ष १४ एचआईभी संक्रमितको मृत्यु भएको थियो । नवलपरासीमा बिशेष गरी यौनकर्मी तथा उनका ग्राहक, बैदेशिक रोजगारी बाट फर्केकाहरु, लागु औषद तथा सुइकों प्रयोगकर्ता र समलिंगी बढी संक्रमित हुने गरेको जिल्ला स्वास्थ्य निरिक्षकको भनाई छ ।
तपाइँको प्रतिक्रिया