आज वुद्ध जयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम हुँदै

नवलपरासी ,८ जेठ ।
विश्व शान्तिका अग्रदुत भगवान् गौतम वुद्धको २५ सय ६०औं जन्म जयन्ती आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बौद्ध धर्मका अनुयायीहरुले बुद्धलाई एक सम्यक सम्बुद्ध अर्थात महाज्ञान प्राप्त भएका व्यक्तिका रुपमा पुज्ने गरेका छन् ।बुद्ध जयन्तीका अवसरमा नेपालसहित विश्वभरका वुद्ध धर्मावलम्बीहरुले वुद्धका सन्देशयुक्त प्रवचनहरु सुनाउने तथा धर्मसभाहरु गर्ने गरिन्छ । वुद्ध जयन्तीका अवसरमा बौद्धविहार, मठ तथा गुम्बाहरुमा विशेष कार्यक्रम हुने गर्दछ भने वौद्ध तिर्थस्थल लुम्बिनी र काठमाडौंको स्वयम्भूमा ठुलो मेला लाग्ने गरेको छ । आज वुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरका लाखौं बौद्ध धर्मावलम्बी, भिक्षु भिक्षुणी तथा श्रद्धालु भक्तजनहरु वुद्धप्रति श्रद्धाभाव प्रकट गर्न सहभागी हुन्छन् । गौतम वुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरु मध्ये एक अवतार मान्दछन् भने एसियाका ताराको रुपमा पनि विश्वभर चिन्ने गरिएको छ ।
यसैबीच आज लुम्बिनीमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । बुद्धजयन्ती समारोहमा झण्डै १५ हजार जना सहभागी हुने अनुमान गरिएको छ । काठमाडौँमा दुईदिने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीका सहभागी विभिन्न २८ देशका ३५० भन्दा बढी विदेशी धर्मगुरु पनि लुम्बिनी पुगेका छन् । कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री केपी शर्मा ओलीका साथै कांगे्रस सभापति सुशिल कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दलका नेताहरु पनि सहभागी हुँदैछ । तर त्यस क्षेत्रमा पानी परिरहेकाले सबै अतिथिहरु नपुग्ने भएकाले उद्घाटन कार्यक्रम केही ढिला हुन सक्ने आयोजकको भनाइ उधृत गर्दै रेडियो लुम्बिनीले खबर पठाएको छ ।
उभौली पर्व पनि आजै मनाइदै
आज वैशाख शुक्ल पुर्णिमा, किराँती समुदायले उभौली पर्व मनाउँदैछन् । धुमधामका साथ मनाइदैछ । उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व हो । उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ ।
वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, राम्रो दाना लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ । किराँत समुदायमा सवैलाई सुख शान्ति एवं सूस्वास्थ्यको कामना र दैविप्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाच्ने प्रचलन पनि छ । उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ ।
उभौली पर्वका अवसरमा किराँतको मुख्य क्षेत्र नेपालको पुर्वी भुगोल सहित काठमाडौं उपत्यकामा समेत बिभिन्न कार्यक्रम आयोजना गरिन्छ । गाउँगाउँ टोलटोलमा साकेला नाच प्रदर्शन हुँदा उभौलीले निकै रमाईलो पर्वको संकेत दिन्छ ।
तपाइँको प्रतिक्रिया