आज १२ मिनेट बसेको प्रतिनिधिसभा बैठक १८ दिनका लागि स्थगित

काठमाडौं, ११ कात्तिक ।
प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाउनु भयो ।नेकपा एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको प्रतिनिधिसभाको बिहीबारको बैठक १२ मिनेट बसेर सकिएको थियो । २ बजे सुरु भएको बैठकमा अघिल्ला बैठकमा झै आज पनि सुरुमै एमालेले अवरोध र नाराबाजी गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो।सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत ग¥यो । सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्नु भएको हो ।
तपाइँको प्रतिक्रिया