आज ६,५४३ जना संक्रमणमुक्त, कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु

काठमाडौं, ६ जेठ ।
बिहिवार ६,५४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको तथ्याकं अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । थप ८,३०५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।
तपाइँको प्रतिक्रिया