आज ८,२०३ संक्रमित थपिए, संक्रमणबाट थप १९६ जनाको मृत्यु

काठमाडौं, ४ जेठ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
तपाइँको प्रतिक्रिया