आझ देखि सकियो औद्योगिक व्यापार मेला

पुरुषोत्तम सुबेदी,नवलपरासी , १२ फागुन । नवलपरासीको सुनवलमा संचालीत पश्चिमाञ्चल स्तरीय दोश्रो औद्योगिक व्यापार मेला एवंम् दोस्रो नवलपरासी महोत्सब सकिएको छ । गत माघ २९ गतेबाट जारी महोत्सबको उद्योग मन्त्री सोम प्रसाद पाण्डेको प्रमुख आथित्यमा एक कार्यक्रम बिच समापन गरिएको थियो । महोत्सब समापन समारोहमा बोल्दै उद्योग मन्त्री पाण्डेले साना ठुला सबै खाले उद्योग ब्यापारलाई प्रबद्र्धन गर्न सरकार तत्पर रहेको बताउनुभयो । आर्थिक बिकास नभएसम्म देश बिकास नहुने भएकाले देशमा आर्थिक बिकासकालागी पनि उद्योग ब्यापार फस्टाउन जरुरी रहेको बिचार राख्नुभयो । महोत्सब अवधिभरी करिब ६ करोड ५० लाखको आर्थिक कारोवार भएको आयोजक उद्योग बाणीज्य संघले जनाएको छ । नेपाल सहित छिमेकी भारतका गरी करिब २ लाख दर्शकले मेलाको अवलोकन गरेको संघका अध्यक्ष भिम बहादुर थापाले बताउनुभयो । कृर्षि, पर्यटन, उद्योग, व्यापार प्रर्वद्धन एवं सूचना प्रविधिको बृहत प्रर्दशन गरी मेलामा बिभिन्न ३०० वटा स्टलहरु राखिएको थियो । १२ दिन सम्म संचालन भएको मेलाबाट राष्ट्रिय तथा जिल्लामा उत्पादन गरिएको घरेलु बस्तुहरुको बजार प्रर्बद्धन भएको संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताउनुभयो ।
नवलपरासी जिल्लामा रहेका ऐतीहासीक ,धार्मिक तथा पर्यटकिय स्थलको प्रचार प्रसारका लागि सिद्धार्थ गौतमबुद्धको अष्टधातु रहेको रामग्राम स्तुपाको स्ट्याचु(आकृती) मेलाको मुख्य आर्कषणको रुपमा रखिएको थियो ।
तपाइँको प्रतिक्रिया