आठ लाख खोप बोकेर वाइडबडी आइपुग्यो, शिक्षक र सवारी चालकलाई लगाइने

काठमाडौं, १८ जेठ ।
चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप लिन सोमबार बेइजिङ गएको नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी आज खोप लिएर काठमाडौं आइपुगेको छ । चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको १० लाखमध्ये ८ लाख भेरोसेल खोप लिएर उक्त जहाज मंगलबार अपरान्ह काठमाडौं अवतरण भएको निगमले जनाएको छ । उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ । चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आएको हो । यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो ।
तपाइँको प्रतिक्रिया