आन्दोलनमा थारु र मधेसीको सहकार्य हुन्छ : लेखी

१० असोज, विराटनगर । थरुहट थारुवान संयुक्त संघर्ष समितिका नेता राजकुमार लेखीले मधेसी मोर्चा र थारुहरुको आन्दोलन सहकार्यमा अघि बढ्ने बताएका छन् ।
विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने-अवको आन्दोलन अधिकार प्राप्तीको आन्दोलन हुनेछ र यसका लागि आजैवाट मधेसी मोर्चा र थारुहरुको आन्दोलन एकसाथ शुभारम्भ हुँदैछ ।’
उनले सप्तरीको राजविराजमा आयोजना हुने संयुक्त सभावाट सहकार्यको थालनी हुने जानकारी दिए । यसअघि मधेसी मोर्चा र थारुहाटको आन्दोलन छुटाछुटै रुपमा हुँदै आएको थियो ।
लेखीले यतिका लामो समयसम्मको आन्दोलनलाई सरकारले वेवास्था गरेकाले मधेसी र थारुको आन्दोलन एकसाथ अगाडी वढाउनु परेको दावी गरे । उनले भने, अव सरकारसँग वार्तामा वस्दा पनि सँगै हुनेछौं, लेखीले भने, छुट्टाछुट्टै वार्ता गदैनौं ।
लेखीले आफूहरुको आन्दोलन देश विखण्डन र विभाजनका लागि नभइ अधिकारका लागि भएको स्प्रष्ट पारे ।
तपाइँको प्रतिक्रिया