आन्दोलनरत मधेसी थरुहट संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीले आजदेखि मोटरसाईकल सन्चालनमा रोक

आन्दोलनरत मधेसी थरुहट संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीले आजदेखि मोटरसाईकल सन्चालनमा रोक लगाएको छ । केहि दिन देखि मोटरसाईकललाई सहज आवातजावतका लागि छुट दिए पनि मोर्चाको नाकाबन्दी केन्द्रीत आन्दोलनमा मोटरसाईकल मार्फत भारतबाट अवैद्य रुपमा पेटोल तथा मालसमान ओसारपसार र तस्करी गरिएको भन्दै मोर्चाले आजदेखि मोटरसाईकल सन्चालन गर्न नदिने निर्णय गरेको हो । मोर्चाले कृषि कार्यमा प्रयोग हुने टेक्टर र कम्पाईन बाहेक अन्य सवै सवारी साधन सन्चालन गर्न नदिने निर्णय गरेको हो । मोर्चाको आग्रह विपरित मोटरसाईकल चलाईए त्यसबाट हुने क्षतिको जिम्मेवारी स्वयम हुनुपर्ने पनि मोर्चाले चेतावनि दिएको छ ।
तपाइँको प्रतिक्रिया