आन्दोलनलाई थप सशक्त बनाउने मधेसी मोर्चाको घोषणा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा मोर्चाका नेताहरुले आफूहरुका माग सम्बोधन गर्न सरकारले नचाहेको भन्दै आन्दोलनलाई सशक्त बनाउने घोषणा गरेका हुन् । उनीहरुले सरकारी वार्ता टोली सीमांकनका विषयमा गम्भीर नभएको आरोप पनि लगाए । साक्षात्कारमा मधेसी मोर्चाका वार्ता टोलीका सदस्यसमेत रहेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारी वार्ता टोलीसँग माग सम्बोधन गर्न प्रस्ट एजेन्डा नभएको बताउनुभयो । कर्णले मुलुकमा आपूर्ति ब्यवस्था सहज बनाउने, शान्ति सुरक्षा कायम गर्ने दायित्व सरकारको भएपनि यसमा सरकार पूर्ण रुपमा असफल भएको भन्दै यस्तो अवस्थामा कि आन्दोलनका माग संबोधन कि सत्ता छाड्नु पर्ने धारणा राख्नुभयो ।
तपाइँको प्रतिक्रिया