आन्दोलन लाई थप शसक्त वनाउने थारु कल्याणकारिणी सभाको निर्णय

थारु कल्याणकारिणी साभाले आन्दोलन लाई थप शसक्त वनाउने निर्णय गरेको छ । थारुकल्याणकारिणी सभाको नवलपरासीमा सम्पन्न केन्द्रिय वैठक बाट आन्दोलन लाई अझै निर्णायक र शसक्त वनाउने निर्णय गरेको छ । साथै वैठकले केही थारु अगुवा नेताले सत्ताको लोभमा परेर वर्तमान सरकारमा सहभागी भएपनी आफुहरुको आन्दोलन लाई कुनै फरक नपर्ने निष्कर्ष निकालेको छ । वैठकले कार्तिक ११ गते देखी तराईका सिमा नाका ठप्प पार्ने , थारु सभासदले सरकार संग गरेको वार्ता थारु कल्याणकारिणी सभा लाई मान्य नहुने र सरकारले वार्ताको वातावरण नवनाएको भन्दै तत्काल वार्ता नहुने निष्कर्ष निकालेको छ । यसैगरी कैलालीमा थारु आन्दोलन दमन गर्ने लाई कारवार्हीको माग समेत गरेको छ । कावासोतीमा पत्रकार सम्मेलन गर्दै कल्याणकारिणी सभाले तराईका जिल्लामा जनजागरण अभियान समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया