आपूर्तिमन्त्री सुनिलबहादुर थापा भोलि दिल्ली जाने

भारतले गरेको अघोषित नाकाबन्दीको बारेमा छलफल गर्न आपूर्तिमन्त्री सुनिलबहादुर थापा भोलि दिल्ली जानुहुने भएको छ । तीनदिने भारत भ्रमणमा सरकारले नै मन्त्री थापालाई पठाउन लागेको हो ।
भ्रमणका क्रममा भारतीय बाणिज्यमन्त्रीसँग सीमा नाकामा देखिएको समस्या र ढुवानीमा भएको अवरोधबारे कुरा गर्ने मन्त्री थापाले जानकारी दिनुभयो ।
मन्त्री थापाले आज प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर भारतम गर्ने छलफलको बारेमा कुराकानी गर्नु भएको छ । नयाँ संविधानलाई लिएर असन्तुष्ट भारतले पछिल्लो केही दिनदेखि अघोषित नाकाबन्दी गरेपछि सरकारले मन्त्री थापालाई भारत पठाउन लागेको हो ।
तपाइँको प्रतिक्रिया