आफूलाई प्रश्न सोध्ने ती व्यक्तिहरूलाई रास्वपाको सरकार बनेपछि भ्रष्टाचारमा जेल कोच्ने रबिको चेतावनी

चैत्र २५, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले आफूलाई प्रश्न सोध्ने ती व्यक्तिहरूलाई रास्वपाको सरकार बनेपछि भ्रष्टाचारमा जेल कोच्ने चेतावनी दिएका छन् । तनहुँको आँबुखैरेनीमा स्वर्णिम वाग्लेका लागि मत माग्न आयोजित आमसभामा सभापति लामिछानेले यस्तो चेतावनी दिएका हुन् ।
“हाम्रो सरकार बन्यो भने भ्रष्टाचारमा जेल कोच्ने भनेका मान्छेले हाम्रो आलोचना गरेका छन् । तीनका प्रश्नको जवाफ म दिन्न,तीनलाई त जेल ठोक्ने हो । ३० वर्ष देश लुट्नेहरूले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ, हामीलाई प्रश्न सोध्ने होइन ” लामिछानेले भने ।
जान्नेलाई जनताले छान्नुपर्ने भन्दै सबै दलभित्र रहेकाहरूलाई योग्य र सक्षमलाई समेटेर आफू अघि बढ्ने सभापति लामिछानेले बताएका छन् ।
तपाइँको प्रतिक्रिया