आफ्नै श्रीमतीलाई ईटा प्रहार

रूपन्देही ११, रूपन्देहीको दयानगरमा सोमबार राति मादक पदार्थ सेवनगरि श्रीमती र भाईको हत्या गरेका छन् । दयानगर–५ चिल्हियाका ५८ वर्षिय बलराम पोखरेलले श्रीमती ४५ वर्षिय कृष्णा पोखरेल र भाई ४८ वर्षिय चन्द्रकान्त पोखरेलको हत्या गरेको ईलाका प्रहरी कार्यालय छपियाले जनाएको छ । बलरामले राति करिव सवा नौं बजेको समयमा आफ्नै घरमा ईट्टा प्रहार गरी गम्भीर घाईते बनाएकोमा उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा दुवैजनाको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरीले तीनैजना मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको जनाएको छ। मृतक चन्द्रकान्त बुटवल १४ तामनगरमा बस्दै आएको र घर निर्माणको क्रममा दयानगर गएको बताईएको छ । प्रहरीले हत्यामा संलग्न बलरामलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको जनाएको छ।
तपाइँको प्रतिक्रिया