आयआर्जन बढाउने खालका कार्यक्रम ल्याउन सरकारलाई दवाव दिने निर्णय
विबेक भण्डारी माघ २७ गैँडाकोट, २७ माघ । नवलपरासी गैंडाकोटका सहकारीकर्मीहरुले करमुक्त गरेर आयआर्जन बढाउने खालका कार्यक्रम ल्याउन सरकारलाई दवाव दिने निर्णय गरेका छन् । सहकारी समन्वय मञ्च गैंडाकोटको मंगलबारको नियमित घुम्ति वैठकले सरकारलाई वुझाएको माग कार्यान्वयनका लागी दवावमुलक कार्यक्रम गर्ने निर्णय गरेको हो । मञ्चले ३ दिन अघि गैंडाकोटमा उपप्रधान एंव सहकारी तथा गरीबी निवारण मन्त्रि चित्रबहादुर केसीलाई ज्ञापनपत्र बुझाएको थियो । मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आतिथ्यतामा सहकारी समन्वय मञ्च गैंडाकोटको नियमित घुम्ति वैठक आज हर्कपुरमा सम्पन्न भएको हो । वैठकमा सहकारी समन्वय मञ्च गैंडाकोटको भुमिका तथा कामको समिक्षा गर्नुका साथै कोल्ड स्टोर निर्माण लगायतका विषयमा छलफल भएको सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष वेदप्रसाद गौडेलले जानकारी दिनुभयो । साथै वैठकले पुर्व प्रधानमन्त्रि तथा नेपाली कांग्रेशका सभापति शुसिल कोईरालाको निधनप्रति दुख व्यक्त गर्दै १ मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
तपाइँको प्रतिक्रिया