आयमुलक काम तर्फ आकर्षित हुदै पिठौलिका महिलाहरु

सावित्री रेग्मी,नवलपरासी ,चैत १२,मेहनत गर्ने हो भने नहुने के नै छ र गर्ने हो भने यहि माटोमा सुन फलाउन सकिन्छ । जसको उदाहरणीय काम गरेर देखाएका छन कावासोति नगरपालिका १३ पिठौलिका महिलाहरुले । त्यहांको समुदायका अधिकांश मानिसहरुको आर्थिक अवस्था कमजोर छ ।ं आम्दानिका लागी पुरुषहरुले मात्र काम गर्ने गर्दछन । गाउंका अधिकांस पुरुषहरु बैदेशीक रोजगारीका लागी विदेशीएको भए पनि राम्रो आम्दानि नहुदां घर फर्कनु पर्ने अवस्था रहेको छ भने गाउंमा नै रहेका पुरुषहरु सामान्य लेवर,खेतिपाति,लगाएतका कामहरु गरेर आफ्नो दैनिकि गुजारा गरी रहेका छन । यसरी एउटाको कमाईमा सम्पुर्ण परिवारको खर्च धान्न गाह«ो भएपछि पछिल्लो समय त्यहांका महिलाहरु आम्दानिको वाटो खोजि गर्न थालेका छन । घर भित्रको काममा मात्र सिमीत वनेका महिलाहरु पछिल्लो समय आयमुलक काममा लागेका छन । कसैले बाख्रा पालन गरेका छन भने कसैले च्याउ खेति, कसैले किराना पसल त कसैले चटपट पसल लगाएतका काम गरेर आफ्नो घरको खर्च टारीरहेका छन । आर्थिक अवस्था कमजोर भएका कारण ठुलो लागानि गर्नका लागी समस्या हुने भएकोले सानो लगानि वाट नै काम सुरु गरेको स्थानिय महिलाहरु वताउंछन । सृजना नागरीक सचेतना केन्द्र पिठौलि बाट १० हजार ऋण निकालेर बाख्रा पालन गर्दै आएकी स्थानिय विष्णुमायां भुषाल । उनले पहिले थोरै पैसाको लागी अरु संग माग्नु पर्दथ्यो भने अहिले वाख्रामा लगानि गरेपछि आवश्यक घर खर्चको लागी अरुको भर पर्नु नपरेको वताउंछिन ।
यसरी बाख्रा पालन गरेपछि उनको घरको आम्दानि पनि बढेको छ ।थोरै लगानि वाट पनि धेरै आम्दानि गर्ने सक्ने ब्यवसाय मध्ये वाखा्रा पालन पनि एउटा भएकोले यो ब्यवसाए रोजेको साथै यसको आम्दानिले घर खर्च चलाउन समेत निकै सहज भएको उनि वताउंछिन ।
यसरी नै थोरै लगानि वाट सोह गाउंमा नै रोसनि गुरुङ्ले पनि च्याउ खेति सुरु गरेकी छिन । घरको आर्थिक अवस्था कमजोर भएका कारण ३ जनाको परिवारको जिम्मा गुरुङ्कै काधमा थियो । सधै अरुको मेला पात गर्दै आएकी गुरुङ्लाई घर खर्च चलाउन निकै समस्या भएपछि च्याउ खेति सुरु गरेकि हुन । च्याउ खेति सुरु गरेपछि उनलाई निकै सहज भएको छ । यसवाट लगानी कम र आम्दानि छिटो लिन सकिने भएकाले पनि च्याउ खेति सुरु गरेको उनि बताउंछिन ।
यसरी गाउंका महिलाले आआफुले एउटा न एउटा ब्यवसाय सुरु गरेपछि पहिलेको तुलनामा महिलाहरुको आर्थिक स्तरमा धेरै सुधार आएको छ । यसरी नै महिलाहरुले आय मुलक काममा लाग्ने हो भने विदेश जान पनि नपर्ने वाख्रा पालन गर्दै आएकी भुषाल वताउंछिन ।
पहिले घरको काममा मात्र सिमीत वनेका महिलाहरु यसरी आय मुलक काम तर्फ आकर्षित हुनु निकै सकारात्मक पक्ष हो । खालि रहेको समयलाई पिठौलिका महिलाहरुले गरे जस्तै गरी अन्य क्षेत्रका महिलाहरुले पनि सदुपयोग गर्ने हो भने महिला शसक्तिकरणका लागी गरिएका विभिन्न किसीमका प्रयासहरु पनि प्रभावकारी हुने थिए कि ?????
तपाइँको प्रतिक्रिया