आर्थिक बर्ष २०७२÷७३मा साहारा महिला बचतको कुल आम्दानि ६ लाख ४ हजार

सावित्री रेग्मी,
नवलपरासी,१८ असोज।नवलपरासीको कावासोती १६ मा रहेको साहारा महिला बचत तथा ऋण सहकारी संस्थाले २०७२÷७३ मा ६ लाख ४ हजार बरावरको कुल आम्दानि गरेको छ । मंगलवार संस्थाको छैटौ्र बार्षिक साधरण सभामा भएको कार्यक्रममा संस्थाको ४१ लाख २० हजार वरावरको आय ब्याए विवरण संस्थाकि कोषाध्यक्ष केशमायां कुवरले प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख आतिथ्यतामा रहनुभएका डिभिजन सहकारी कार्यलय नवलपरासीका सहकारी निरिक्षक कमल प्रसाद पोखरेलले कार्यक्रममा वोल्दै सहकारीले ग्रामीण क्षेत्रका महिलाहरुलाई आत्म निर्भर तथा सक्षम वनाउन सहयोग गरेको भन्दै सहकारीको विकाश अझ प्रभावकारी रुपले अगाडी बढाउनुपर्ने बताउनुभयो ।सहकारी खुल्ने क्रमले जिल्लामा तिव्रता पाईरहेका वेला यसलाई दिर्घकालिन रुपमा कसरी अगाडी बढाउन आवश्यक छ त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहको निरिक्षक पोखरेलले वताउनुभयो ।
यसको साथै महिला सहकारी ले पछिल्लो समय निकै प्रशंसनिय कार्य गरेको भन्दै अझ प्रभावकारी रुपले अगाडी बढाउन आवश्यक रहेको वताउनु भउको छ ।त्यस्तै सहकारी आबद्ध महिलाहरुले सामान्य रुपमा परिचय दिन पनि नसक्ने तथा आफुहरुलाई आवश्यक पैसाको लागी अरु संग हात फैलाउनुपर्ने अवस्था वाट छुटकारा पाएको वताएका छन । यसको साथै आफुहरुलाई आवश्यक पैसा सहकारी वाट ऋण निकाल्न पाउने र सहकारीले समय समयमा प्रदान गर्ने विभिन्न किसीमका तालिमले आत्म निर्भर वन्न सहयोग पुर्याएको वताएका थिए ।
त्यस्तै कार्यक्रमको विषेश आतिथ्यतामा अग्यौलि सामुदायिक सा्रोत पुस्तकालय का अध्यक्ष सुर्य प्रसाद पाण्डे,कावासोति नगरपालीकाका वातावरण अधिकृत संगीता सुवेदी,अग्यौलि खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाका अध्यक्ष शोभित प्रसाद शर्मा, सेयर सदस्यहरु लगाएतको उपस्थििति रहेको थियो । संस्थाकि अध्यक्ष सिता पोखरेलको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो भने संस्थाको वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट बचत कर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
तपाइँको प्रतिक्रिया