आर्थिक अभाव हुदा निर्माण कार्य अघि बढ्न सकेन

बिबेक / जमुना ३० , पश्चिमी सभ्यता भित्रिय सगै मुलुकमा रहेका धार्मिक सम्पदा र धरोहर संकटमा पर्दै गइरहेको छ । यसरी सस्कृतिहरु संकटमा पर्दै गएपछी हाम्रो पहिचान समेत धरापमा पर्दछ । त्यसैले यस्ता किसिमका धार्मिक सम्पदाको संरक्षण गर्नका लागी नवलपरासी जिल्लाको गैडाकोट नगरपालीका १५ मा रहेको श्रि ध्रुव तारा युवा समाज लागी परेको छ । समाज परिर्वतनका लागी सदैव अग्रसर भन्ने मुल नारा लाई आत्मसाथ गदै युवाहरु जोश जागर र क्षमतालाई एकिकृत गरी समाजमा सकरात्मक परिर्वतन गराउनका लागी सँस्था लागी परेको हो । यस सस्थाले पछिल्लो समय समाजमा विभिन्न किसीमका विकासका कामहरुमा गदै आएको छ । जस मध्ये समाजमा रहेका जेष्ठ नागरीकहरुको सम्मान र धर्म तथा संस्कृति संरक्षणका लागी करिब ३० लाख को लगानी गरेर शितल टोलमा जेष्ठ नागरीक सभाकक्ष तथा धार्मिक पुस्तकालयकाृ निर्माण कार्य सुरु गरेको छ ।
भवन निमार्ण कार्य सुरु गरिसकेपछि आर्थीक समस्याले गर्दा सो कार्यले तिव्ता पाउन सकिरहेको छैन । जसका कारण भवन निमार्णको काम जुन गतिमा अगाडी बढ्नु पर्ने हो सोहि अनुरुप अगाडी बढ्न नसकेको श्रि धु्रव तारा युवा समाजका अध्यक्ष राजन कण्डेल बताउनुहुन्छ । जेष्ठ नागरीक सभाकक्ष तथा धार्मिक पुस्तकालयकाृ निर्माण का लागी यतिवेला जोश जागरका साथ युवाहरु लागी परेका छन । यसरी समाजमा रहेका वृदाहरु लाई खाली समयमा उनिहरु धर्मिक पुस्तक पढ्न र प्रर्वचन पनि सुनाउने उदेश्यले यस सँस्थाका युवाहरु लाग्दा पनि आर्थिक अभावले गर्दा सो काम पुरा हुन नसकेको जेष्ठ नागरिक सभाकक्ष तथा धार्मिक पुस्तकालयको निमार्ण समितिका समयोजक भगवान प्रसाद कापल्े बताउनु हुन्छ । समाजमा रहेका वृदाहरु पुजा पाठ ,भजन किर्तन तथा धार्मिक पुस्तकहरु पढ्नको लागी टाढा जानु पर्ने बाध्यता थियो । यसरी यो सस्थाले धार्मिक पुस्तकालय बनाएकाले आफु टाढा जानु पर्ने बाध्यता हट्ने भयो भन्दै स्थानियहरु खुसी भउका थिए । तर आर्थिक समस्याले यो कार्य रोकिदा आफु दुखि रहेको स्थानिय ज्येष्ठ नागरिकहरु ब्ताउछन ।
पछिल्लो समय लोप हुदै गहिरहेका पुराना धार्मीक पुस्तकहरु संरक्षण गर्ने उघेश्यले गैडाकोट नगरपालीका १५ का स्थानियले गरेको यो प्रयास निकै सकारात्मक छ ।यरीनै हरेक ठाउंवाट स्थानिय स्तरमा नै पुराना पुरातात्विक वस्तुहरुको संरक्षण गर्ने प्रयास गर्ने हो भने हाम्रा मौलिक परम्परा तथा पुराना पुरातात्विक वस्तुहरुको संरक्षणमा सहयोग मिल्लनेछ । यहां जस्तै आर्थिक अभावमा अन्य थुप्रै स्थानहरुमा भौतिक निमार्ण देखीकै कामहरुले गति लिन सकेका छैन । त्यसैले यस्ता विकास निमाणृको काममा सरकारले ध्यान दिन सक्ने हो भने पनि निकै प्रभावकारी हुने थियो ।
तपाइँको प्रतिक्रिया