आश्विन सङ्क्रान्तिका दिन शनिवार कालीगढले विश्वकर्माको पूजाआजा गरी मनाउँदै

नवलपरासी,
१ असोज,आश्विन सङ्क्रान्तिका दिन शनिवार कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । शनिवार कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । यसै अनुसार नवलपरासी , चितवन सहित देशै भर धुमधामले पुजा आजा गरि रमाईलो गर्दै मनाईएको छ । सवारीसाधन हरुलाई विहानै धोएर सफा गरि रंगी विरंर्गी रिवन तथा धजाहरुले सिगार्ने गरेका थिए भने कल कारखाना तथा मेसीनरी तथा औजारको पुजा गरेका थिए ।
मजदुरहरुलाइ यस दिन बिदा पनि दिने चलन छ । यो दिन आफुहरु संग भएको फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको पाईन्छ । यही सम्झनामा नेपालका कालीगढले शनिवार भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् ।
तपाइँको प्रतिक्रिया