इटहरी उपमहानगरपालिका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्दै

इटहरी, असोज १५
इटहरी उपमहानगरपालिका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्ने भएका छन् । नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि उनी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्न लागेका हुन् ।
माओवादी पार्टी प्रवेश गर्न चौधरी केही माओवादी नेताहरुसँगै काठमाडौं हिँडेका छन् । प्रचण्डको हातबाट टीका लगाएर पूर्व मेयर चौधरीलाई आइतबार खुमलटारबाटै प्रवेश गराउने तयारी रहेको छ ।
स्थानीय चुनाबमा चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएको थिएन । त्यसपछि पनि संसदीय चुनावमा प्रदेशसभा भए पनि खाने मनसाय बनाएर बसेका चौधरीले त्यो संकेत नपाएपछि माओवादीबाट उम्मेदवार बन्न लागेका हुन् ।
सोही क्षेत्रबाट माओवादीका सम्भावित उम्मेदवार समेत रहेका नेता शिव डाँगीले चौधरीलाई पार्टी प्रवेश गराएर टिकट दिने सम्भावना रहेको बताए । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् । सो क्षेत्रमा यसअघि एमालेका सर्वध्वज साँवाले जितेका थिए ।
तपाइँको प्रतिक्रिया