इडिभी तर्फ युवायुवतीहरुको मोह

अमेरीकन चिठ्ठा इडिभी भर्न अहिले इडिभी फर्म भर्ने स्थानमा युवायुवतीहरुको संख्या बढ्दो रहेको देखिन्छ । देशमा रोजगारको अवसर न्युन रहेको तथा योग्यता अनुसार रोजगार पनि नपाए पछि अहिले युवायुवतीहरुको मोह विदेश धाउन तर्फ नै बढि केन्द्रित भएको देखिएको छ । नवलपुर संगै देशै भर अहिले अमेरीका सरकारले खुलाएको इडिभी भर्न धेरै संख्यामा नेपालीहरु लागि परेका छन । अमेरिकन सरकारले नेपालीहरुको लागि सर्व सुलभ र छिटो छरितो रुपमा अमेरीका जाने व्यवस्था मिलाइ दिएसंगै अहिले देशका युवा युवतीहरु डिभि भर्न धाएको देखिन्छ । नवलपुरका विभिन्न स्थानमा रहेका इडिभी भर्ने स्थानहरुमा खचाखच रुपमा इडिभि भरि रहेका छन ।
तपाइँको प्रतिक्रिया