इन्टर्याक्ट क्लब अफ वाल्मीकिद्वारा सुकुम्बासी टोलमा खाध्यान्न सहयोग

चितवन, ३१ जेठ ।
इन्टर्याक्ट क्लब अफ वाल्मीकिले रत्ननगर, टाडीमा अवस्थित सुकुम्बासी टोलमा ५० घरपरिवारलाई खाद्यान्ह सहयोग गरेको छ । टाडीका ३१ घरपरिवार र भरतपुर–१० का १९ घरपरिवार गरी ५० घरपरिवारका करिब २२२ जनालाई फिड द हङ्ग्री नेपालको सहयोगमा खाद्यान्ह सहयोग गरिएको हो । क्लबका अध्यक्ष इन्टर्याक्टर अमृत ढकालले उक्त परिवारहरूलाई खाद्यान्न सहयोग वितरण गर्नुभएको थियो । प्रतिपरिवार १५ केजी चामल, १ केजी दाल, नुन १ पोका, ६ थान सेनिटरी प्याड, १ थान सेनिटाइजर र आवश्यक मात्रामा मास्कहरू वितरण गरिएको क्लबका अध्यक्ष अमृत ढकालले जानकारी दिनु भयो ।
निषेधाज्ञाका कारणले दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्न गार्हो परेका गरीब परिवारहरूलाई हातमुख जोड्ने समस्या परेकोले राहत वितरण गरिएको र आवश्यकताको पहिचान गरी अन्य स्थानहरूमा पनि थप खाद्यान्न सहयोग गर्ने अध्यक्ष ढकालको भनाई छ । कार्यक्रममा संस्थाका प्रतिनिधि सावित्री पौडेल र प्रज्ज्वल न्यौपानेको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया