इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन : मेयर बालेन

काठमाडौँ, चैत २५
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज संघीय सरकारमाथि आक्रोश पोख्दै खनिएका छन् । त्यसो त उनी बेलाबेला विवादास्पद फेसबुक स्टाटस र प्रतिक्रिया दिइरहने मेयरमा पर्दछन् ।
उनले आज बिहान आफ्नो फेसबुक पेज र एकाउन्टमा फरकफरक टिप्पणी गरेका छन् । आज बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका मेयर साहले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् ।
‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म’, उनले प्रश्न गरेका छन्, नेपाल स्वाधीन कहिले हुने ? ’
सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक–पटक विभिन्न समयमा यस्तै कडा टिप्पणी गर्दै आईरहेका छन् ।
तपाइँको प्रतिक्रिया