इन्धनमा मौलाएको कालोबजारीविरुद्ध युवा संघ नेपाल सडकमा

प्रमुख सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल इन्धनमा मौलाएको कालोबजारीविरुद्ध सडकमा उत्रीएको छ । युवा संघ नेपालले कालोबजारी मौलाउन सहयोग गरेको विरोधमा बुधबार नेपाल आयल निगम अगाडि प्रदर्शन गरेको हो । उपभोक्ताहरुले निगमले निर्धारण गरेको मूल्यमा ग्याँस, डिजेल र पेट्रोल नपाए पनि बढी मूल्य तिर्दा चाहे जति पाउने गरेको र यस्तो अवस्था आउनुमा निगम दोषी रहेको भन्दै प्रदर्शन गरेको युवा संघले जनाएको छ । युवा संघले इन्धनमा मौलाएको कालोबजारी नियन्त्रण गर्न आपूर्तिमन्त्री गणेशमान पुनले चासो नदिएको आरोप लगाएको छ । संघका अध्यक्ष राजिव पहारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक निर्देशन दिंदा पनि आपूर्तिमन्त्री पुनले कालोबजारी गर्न सहयोग गर्ने निगमका उच्च अधिकृतहरुमाथि कारवाही नगरेको आरोप लगाउनुभयो । प्रदर्शनमा युवा संघका नेता तथा कार्यकर्ताका अतिरिक्त उपभोक्ता अधिकारकर्मी पनि सहभागी थिए ।
तपाइँको प्रतिक्रिया