इन्धन अभावमा नवलपरासीमा एम्बुलेन्स सेवा बन्द, प्रशासनको कुपन धमाधम फिर्ता

भारतीय नाकाबन्दीका कारण इन्धन अभावले नवलपरासीको नवलपुर क्षेत्रमा एम्बुलेन्ससमेत प्रभावित भएको छ । एम्बुलेन्सलाई पनि प्रशासनले इन्धनको प्रवन्ध गर्न नसक्दा एम्बुलेन्स सेवासमेत प्रभावित भएको हो । तेल पाइएको पेटोलपम्पमा पनि सार्वजनिक सवारी साधनहरु बस, माइक्रो लगायतले गर्दा एम्बुन्लेन्सले तेल भर्नै नपाउँदा समस्या आएको छ । जस्ले गर्दा विरामी मारमा परेका छन् । नवलपुर क्षेत्रमा सुविधा सम्पन्न अस्पताल नहुदा यहांका स्थानीय चितवन जानुपर्ने वाध्यता छ । नवलपरासीको नवलपुर क्षेत्रमा इलाका प्रशासन कार्यालय नवलपुरले वितरण गरेको तेलका कुपन समेत फिर्ता आउन थालेको छ । कुपन फिर्ता आउन थालेपछि सेवाग्राहीहरु झन् मारमा परेका छन् । प्रशासनले सञ्चार गृह, एम्बुलेन्स, बैंकलगायत अत्यावश्कीय क्षेत्रमा कुपन मार्फत तेल वितरण गरेको भएपनी पम्प साहुले तेल छैन भन्दै फर्काउने गरेका छन्
तपाइँको प्रतिक्रिया