इन्धन अभावमा संचारगृहहरु बन्द हुने अवस्था, स्थलगत रिपोटिङमा समस्या

बिबेक भण्डारी माघ १९,पछिल्लो साय देशमा बढ्दो लोडसेडिङकोमारमा संचारगृह संचालनमा बाधा पुगेको भन्दै नेपाल पत्रकार महासंधको टोलिद्धारा आज इलाका प्रशासन कार्यालय मार्फत ्रशासन कार्यालय, नवलपरासी , सुचना तथा संचार मन्त्रालय, काठमाण्डौ , नेपाल पत्रकार महासध, केन्दिय कार्यालय, काठमाण्डौलाई ज्ञापन पत्र बुझाएको छ । साताको ९३ घण्टासम्मको लोडसेडिङले गर्दा सञ्चार गृह र स्थलगत रिपोर्टिङमा खटिने पत्रकारहरुलाई इलाका प्रशासन कार्यालय कावासोतीवाट दिइदै आएको सातामा २० लिटरइन्धनले सञ्चागृह संचालनमा समस्या भएको हुदा सञ्चारगृहनै बन्द गर्नु पर्ने अबस्था ज्ञापन पत्र बुझाउदै नेपाल पत्रकार माहासंधका अध्यक्ष नारायण शर्माले बताए । नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमामात्र ५ बटा रेडियो , ३ बटा टेलिभिजन, २ बटा पत्रिका र अनलाईनहरु समेत गरी करीब डेड दर्जन सञ्चारगृहहरु संचालनमा छन । ज्ञापन पत्र बुझाउन पुगेका सञ्चारगृह प्रमुख एवम् पत्रकारहरुले प्रशासनले नवलपुर क्षेत्रमा सातामा कम्तिमा दुई पटक गरी न्युनतम सातामा १०० लिटर इन्धन बितरणको ब्यबस्था मिलाउनुपर्ने र जनताको सुसुचित गर्ने अधिकारको शुरक्षाकालागि संचारगृहलाई सहज इन्धन उपलब्ध गराउन माग गर्दै यो ज्ञापनपत्र बुझाएका छौ। प्रशासनले हाम्रो आबस्यकता अनुसार इन्धन उपलब्ध गराउन नसके संचारगृह बन्दगर्न बाध्यहुने समेत बताएका छन । १ापन पत्र बुझदै इलाका प्रशासन कार्यालयका निमिक्त प्रमुख टिकाराम वाग्लले अहिले पहिलेको जस्तो गरी इन्धन जिल्लामा समेत आउने नगरेको हुदा राजनैतिक दल र सरकारलाइृ दवाव दिन अनुरोध समेत गरेका छन । जिल्लाको नवलपुर क्षेत्रमा मात्र पहिले सातामा ५ टङ्कर इन्धन आउने गरेकोमा अहिले सातामा ३ टेङ्कर मात्र इन्धन आउने गरेको र लोडसेङ्गि समेत बढेको हुदा समस्या परेको बताए । ज्ञापन पत्र बुझाउन नवलपुर क्षेत्रका संचारगृह प्रमुख,पेशागत संगठनका पप््मुख एवम् प्रतिनिधी र पत्रकारहरुको सहभागीता रहेको थियो ।
तपाइँको प्रतिक्रिया