इन्धन आपूर्तिमा देखिएको समस्यावाट पोल्ट्री क्षेत्रमा पनि समस्या

इन्धन आपूर्तिमा देखिएको समस्यावाट पोल्ट्री क्षेत्रमा देखापरेको समस्याका बारेमा नेपाल कुखुरा व्यवसायी मन्चवाट चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री विनोदप्रकास सिंहज्यूलाई भेटघाट गरी पोल्ट्री क्षेत्रमा परेको असरका बारेमा जानकारी गराइएको छ । मन्चका अध्यक्ष श्री शंकरप्रसाद कडेंलज्यूले इन्धन अभाववाट पोल्ट्री व्यवसाय धरासयी बन्न सक्ने अवस्थामा पुगेको जानकारी गराउनु भयो । व्यवसायीका समस्या प्रति प्रमुख जिल्ला अधिकारी गंभिर बन्दै यस क्षेत्रको समस्या समधानका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयमा पत्रचार गर्न आश्वासन दिदै पत्रचार गरीदिनु भएको छ । कृषि प्रधान देश नेपालको एक मात्र आत्मनिर्भर पेश पोल्ट्री व्यवसाय लामो समय सम्मको वन्द हडताल र इन्धन अभावका कारणा संकटमा परेको छ । करिब १ लाख पचास हजार व्यक्तीलाइ रोजगारी दिएको, देशको कुल ग्राहस्थ उत्पादनमा करिब ४ प्रतिशत योगदान दिएको पोल्ट्री व्यवसाय अति संवेदनशिल प्रकृतीको रहेको, उत्पादन प्रकृयालाइ केही समय, दिन, महिनाका लागि स्थगित गर्न नसकिने, कुखुरालाइ जिवित राख्नका लागि दाना खुवाउनु पर्ने, उत्पादित चल्ला, अणडा, कुखुरा, दाना निर्धारीत समयमा गन्तव्यमा पुरयाउनु पर्ने अन्यथा नषट हुने हुदां संकट ग्रस्त बन्न सक्ने लक्षणहरू देखा परेका छन । नेपालमा हाल दैनिक अणडा करिब २० लाख गोटा, ब्रोइलर चल्ला प्रति हप्ता २५ लाख गोटा, लेर्यस चल्ला प्रति हप्ता १ लाख २५ हजार गोटा, तयारी कुखुरा दैनिक ५ लाख के.जी र दाना २७०० मे. टन उत्पादन हुदै आएको छ ।
तपाइँको प्रतिक्रिया